





























धादिङ– जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सुनौलो भैरवी माध्यामिक विद्यालयकी सञ्जिवनी पौडेल प्रथम भएकी छिन् ।


अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको वक्तृत्वकलामा नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयकी इशा थापा द्धितिय, सक्सेस एकेडेमीका सुचना अधिकारी तृतिय, सुन्दरी माध्यामिक विद्यालयकी सन्ध्या विक चौथो र हरिहर भोजकुमारी माध्यामिक विद्यालयकी समृद्धि रुपाखेती सान्त्वना भएका छन् ।
प्रथम, द्धितिय, तृतिय, चौथो र सान्त्वना विद्यार्थीहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन् । धादिङका १३ वटै स्थानीय तहहरुबाट छनौट भएका ३२ जना विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएका थिए ।
असल नेतृत्व र इमान्दार राजनीति शिर्षकमा वक्तृत्वकला प्रतियोगिताका गरिएको हो । प्रतियोगिताले विद्यार्थीहरुमा क्षमता अभिवृद्धिका साथै आत्मविश्वास बढाएको समाजका अध्यक्ष राजन खकुरालले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
