थोपल खोलामा शव फेला, करेन्ट लगाएर हत्या गरेको परिवारको आरोप

थोपल खोलामा शव फेला, करेन्ट लगाएर हत्या गरेको परिवारको आरोप

काठमाडौं– धादिङको सिद्धलेक गाउँपालिका–१ बैरेनीस्थित थोपल खोलामा एक जना पुरुषको शव फेला परेको छ । थोपल खोलामा डुबिरहेको अवस्थामा मंगलबार दिउँसो बैरेनीका ४० वर्षिय नन्द बहादुर नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

Advertisement

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार नन्द बहादुर थोपल खोलामा आइतबार राती माछा मार्न गएका थिए । छरछिमेकी, साथीभाई र उनका छोरासहित ९ जना करेन्ट लगाएर माछा मार्न जाने क्रममा नेपालीलाई करेन्ट लागेर ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए ।

सशत्र प्रहरी बल नेपालको पहलमा नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट खटी आएको गोताखोर टोलीले करेन्ट लागेर वेपत्ता बनेका नन्द बहादुरको शव मंगलबार दिउँसो साँढे २ वजे घटनास्थल भन्दा करिव एक सय मिटर तलबाट डुबिरहेको अवस्थामा उनको शव निकालेको हो ।

उनकी छोरी सन्ध्या नेपालीले बुबालाई आफै करेन्ट लागेर भन्दा पनि अरुले करेन्ट लगाइदिएर ज्यान गएको बताउँछिन् । सँगै माछा मार्न गएकाहरु फर्किनु र बुबा वेपत्ता भएपछि सन्ध्याले शंका लागेको जिकिर गरिन् । माछा मार्ने क्रममा आइतबार राती ९ वजे करेन्ट लागेर घाइते भएका बुबालाई थप करेन्ट लगाएर संगै गएकाहरुले मारिदिएको उनको आरोप छ ।

घटना संकास्पद रहेकाले मृतक नन्द बहादुर नेपालीसँगै माछा मार्न गएका अन्य सात जनालाई नियन्त्रणमा लिएर यस घटनाबारे थप अनसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक दाहालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट