धादिङको ज्वालामूखी गाउँपालिका देशकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा

धादिङको ज्वालामूखी गाउँपालिका देशकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा

काठमाडौं- धादिङको ज्वालामूखी गाउँपालिका नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारको पूर्ण सरसफाई मार्गदर्शन २०७३ र ज्वालामूखी गाउँपालिकाको निति कार्यक्रम र मिशन दुई हजार बयासी अनुरुप ५ वटा सुचक र १५ वटा व्यवहार पुरा गरि गाउँपालिकालाई नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको हो ।

Advertisement

चर्पीको उचित प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खानेपानी र घर तथा आँगनको सरसफाई जस्ता सूचकहरु पुरा गरिएपछि ज्वालामूखी गाउँपालिकालाई देशकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बताए ।

‘गाउँपालिका भर सबै घरधुरीमा शौचालय निर्माणसहित खुला दिसामुक्त दिगोपना, सुरक्षीत खानेपानीको पहुँच, फोहोर व्यवस्थापन, स्वास्थ्य, शिक्षा, वातावरण तथा सुशासन लगायतका सुचकहरु पुरा गरिएका छन् । मिशन दुई हजार बयासी, सफा र स्वच्छ क्षेत्र ज्वालामूखी भन्ने मुल मर्मका गाउँपालिकाले अभियानकै रुपमा काम गरेको उनले बताए । ‘सरसफाई केवल सफा देखिने कुरा मात्र होइन, सरसफाई जीवन जोगाउने विज्ञान हो । सभ्यता चिनाउने संस्कार र समृद्धिको आधार हो । ज्वालामूखी गाउँपालिका नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्न सहयोग र भूमिका खेल्नुुहुने सबैप्रति धन्यवाद र सम्मान व्यक्त गर्दुछ’ गाउँपालिका अध्यक्ष दनैले भने ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपि) अर्यालले ज्वालामुखी गाउँपालिकालाई नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्दै ज्वालामूखी गाउँपालिका नमुना सफा तथा स्वच्छ गाउँपालिका भएजस्तै देशमा भ्रष्टचार निर्मूल गरि सुशासन ल्याउने बताएका छन् ।

‘ज्वालामूखी मात्रै सरसफाई भएर पुग्दैन । यो देशलाई भ्रष्टचारबाट निर्मूल पार्नुपर्ने छ । भ्रष्टचारबाट सफा पार्नुपर्ने छ । देशलाई कुशासनबाट सुशासन ल्याउनु पर्ने छ’ उनले भने– ‘संविधान बनेको १० वर्ष हुदाँसमेत थुप्रै काननुहरु निर्माण गर्न बाँकी छन् । थुप्रै कानुन तथा ऐनहरु संसोधन गर्नु पर्ने छन् । ५० वर्षसम्म लागु हुने कानुन बनाउने जिम्मेवारी छ । अत्यन्तै छिटो फास्ट ट्याकमा हामी ति कामहरु गर्नेछौं ।’

‘६७ वर्षपछि २०१५ साल यता २०८२ सालमा देश परिवर्तन गर्ने अवसर पाएका छौं । राष्ट्र र राष्ट्रियतासँगै नेपाली जनताका लागि बनाउनुपर्ने कुनै पनि कानुन अत्यन्तै छिटो दु्रत गतिमा बनाएर देशको संसद चलायमान र सरकार पनि काम गरिरहेको अनुभूति हुने गरि काम गर्नेछौं’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट