विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह

  • २०८३ बैशाख ३, बिहिबार (१ महिना अघि)
  • ६२ पटक पढिएको
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको  प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । ३५ वर्षीय प्रधानमन्त्री शाह फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको विजयपछि नेपालको प्रधानमन्त्री बनेका हुन् ।

उनको ऐतिहासिक जित विशेषगरी युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्ष भएको जनआन्दोलनको प्रभावले सम्भव भएको टाइमले विश्लेषण गरेको छ । टाइमका एडिटर-एट-लार्ज चार्ली क्याम्पबेल ले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरका रूपमा चित्रण गरिएको छ।

शाह आफ्नो कडा र स्पष्ट अभिव्यक्तिका कारण पनि चर्चित छन्। उनले भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउँदै आएका छन् । संगीत पृष्ठभूमिका कारण पनि शाह युवामाझ विशेष प्रभाव राख्छन् भनिएको छ ।

टाइमले ३५ वर्षीय शाहलाई ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गरेको छ । शाहसङ्गै राजनीतिक नेतृत्वतर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनवाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहु जस्ता नामहरू समावेश छन्।

त्यस्तै, व्यापार र प्रविधिको क्षेत्रबाट गुगलका सुन्दर पिचाई, अर्बपति माइकल डेल, डेभिड एलिसन र टेस्ला तथा स्पेसएक्ससँग आबद्ध ग्विन सटवेल प्रभावशाली १०० को सूचीमा परेका छन् ।

कला तथा मनोरञ्जनको विधामा बलिउड अभिनेता रणवीर कपूर, हलिउड अभिनेत्रीहरू जोई साल्डाना, डकोटा जोन्सन, केके पाल्मर, बेनिसियो डेल टोरो र चर्चित गायक ल्युक कोम्ब्स अटाएका छन्। साथै, खेलकुदका हस्ती स्कट्टी सेफलर, हिलारी नाइट, लान्डो नोरिस र सामाजिक सञ्जालका प्रसिद्ध व्यक्ति ‘मिस्टर बिस्ट’ पनि यो प्रतिष्ठित सूचीमा समेटिएका छन्। नवप्रवर्तन र विचारको क्षेत्रमा डारियो अमोदेई, निकी ग्लेजर र विकास खन्ना जस्ता व्यक्तित्वहरूले पनि स्थान बनाएका छन् ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट