धादिङका बोधनाराण श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सभापतिको जिम्मेवारी  

  • २०८३ बैशाख ३, बिहिबार (१ महिना अघि)
  • ५८ पटक पढिएको
धादिङका बोधनाराण श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सभापतिको जिम्मेवारी  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद्को संयुक्त सुनुवाइ समितिको सभापतिमा सांसद बोधनारायण श्रेष्ठलाई बनाउने निर्णय गरेको छ । रास्वपा संसदीय दलको बैठकले उनलाई सुनुवाइ समितिको सभापति बनाउने निर्णय गरेको हो ।

फागुन २१ मा भएको निर्वाचनमा श्रेष्ठ रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संसदीय सुनुवाइ समितिमा १५ जना सदस्य हुन्छन् । यस समितिमा बहुमत रास्वपाको छ । त्यस्तै समितिमा ३ जना राष्ट्रिय सभाबाट रहेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको हो । श्रेष्ठ माओवादी पृष्ठभूमिबाट रास्वपामा आएका हुन् ।

संवैधानिक निकायका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, राजदूतहरुको सुनुवाइ हुने भएकाले यो समितिलाई महत्त्वपूर्ण मानिन्छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट