





























काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का निर्वाचित सांसद तथा सरकारका गृहमन्त्री सुधन गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र छलफल भएको छ ।
गुरुङमाथि लागेको आरोपबारे आन्तरिक छानबिन गर्ने सम्बन्धमा पार्टी भित्र छलफल भएको जनाइएको छ । गम्भीर विषय भएकाले यस सम्बन्धमा सोमबार दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकमा थप छलफल भएर आवश्यक निर्णय लिने तयारी भएको बताइएको छ ।
गृहमन्त्री बनेको एक महिना नपुग्दै गुरुङ सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका विवादास्पद व्यापारी दीपक भट्ट र व्यापारी घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको विषय बाहिरिएको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग उनको कनेक्सन भेटिएको समाचार बाहिरिएपछि गुरुङको चौतर्फी आलोचना भइरहेको छ ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो । त्यही आधारमा प्रधानमन्त्री बालेन शाहले साहलाई पदमुक्त गरेका थिए ।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
