दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउन प्रधानमन्त्री शाहको निर्देशन

  • २०८३ बैशाख ८, मंगलबार (१ महिना अघि)
  • ४५ पटक पढिएको
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थामा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बेलुका देशभरिका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका थिए । विश्वविद्यालय र प्रतिष्ठानमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडानसहित दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउन उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् ।

त्यस क्रममा उनले राजनीतिक दलसँग आवद्ध विद्यार्थी तथा कर्मचारी सङ्गठनहरूको संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने बताए । अस्पताल, क्याम्पस, विद्यालय जस्ता संस्थामा राजनीति गर्ने वा कुनै पनि दलको झण्डा, प्रभाव वा सङ्गठन राख्न नहुने बताएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट