धादिङको पुछारबजारमा आगलागी हुँदा घरसहित पशुपन्छीमा क्षति

  • २०८३ बैशाख ९, बुधबार (१ महिना अघि)
  • ४४ पटक पढिएको
धादिङको पुछारबजारमा आगलागी हुँदा घरसहित पशुपन्छीमा क्षति

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–३ पुछारबजारस्थित एकबहादुर श्रेष्ठको बाख्रा तथा कुखुरा राख्ने घरमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार आज बिहान करिब पौने ५ बजे आगलागी भएको हो। आगलागीबाट १० वटा कुखुरा र १३ वटा हाँससहित बाख्रा तथा कुखुरा राख्ने घरमा क्षति पुगेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार विद्युत सर्टका कारण आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ। आगलागीको जानकारी पाएलगत्तै स्थानीयबासीको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब साढे ५ बजे आगो नियन्त्रणमा लिएका थिए।

मुचुल्का लगायत अनुसन्धानपछि के कति क्षति पुग्यो भन्ने विवरण आउने प्रहरीले जनाएको छ।

नीलकण्ठ नगरपालिकाले दम्कल नपठाउँदा धेरै क्षति भएको स्थानीयहरूले बताएका छन्। नगरपालिकासँग दमकल छ तर आवश्यक परेको बेला बिग्रेको र चालक छैन भनेर सेवा नदिने गरेको उनीहरूको आरोप छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट