





























धादिङ– सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक उत्सवका अवसरमा धादिङ शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कम्पनीप्रति विश्वास राख्ने सेवाग्राही, अभिकर्ता तथा सरोकारवालाहरूसँग खुसी साटासाट गरि उत्साहका साथ मनाएको हो ।
सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रमुख जीवन सिलवालले सुरक्षित भविष्यका लागि विमा महत्वपूर्ण रहेको बताए । ‘हालसम्म ३६ लाख ५१ हजार ७०१ वटा बीमा पोलिसी जारी भइसकेको छ । कम्पनीले १७ प्रकारका बीमा योजना सञ्चालनमा ल्याएको र ३५ प्रकारका घातक रोगसम्बन्धी उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । देशभर एक सय ७६ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ’ उनले भने ।


देशभर १ लाख ७ हजार ७०९ भन्दा बढी अभिकर्ता आवद्ध रहेका छन् । जसले बीमा पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । कम्पनीको आर्थिक तथा संस्थागत अवस्थाबारे जानकारी दिँदै उनले हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको, कुल लगानी ५१ अर्ब २० करोड रुपैयाँ पुगेको तथा जीवन बीमा कोष ४६ अर्ब १७ करोड रुपैयाँ रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले वार्षिक उत्सवको शुभकामना दिदैं विमा क्षेत्रमा सूर्यज्योती लाइफ इन्स्योरेन्सले गहन भूमिका खेलेको बताए । कार्यक्रममा सहभागीहरूले प्रभावकारी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । सेवाग्राहीमैत्री योजना र प्रविधिमैत्री सेवा मार्फत कम्पनीलाई थप सुदृढ बनाउन उनीहरुले सुझाव दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
