पत्रकार महासंघद्वारा प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष अधिकारी सम्मानित

  • २०८३ बैशाख १७, बिहिबार (१ महिना अघि)
  • ३५ पटक पढिएको
पत्रकार महासंघद्वारा प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष अधिकारी सम्मानित

धादिङ– बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश सूचना पुनरावेदन समितिका नवनियुक्त अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीलाई नेपाल पत्रकार महासंघ धादिङले एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको छ।

सम्मान ग्रहण गर्दै अध्यक्ष अधिकारीले नागरिकको सूचना पाउने हकलाई व्यवहारमा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले हाल सूचना प्राप्ति प्रक्रिया जटिल र कठिन रहेको उल्लेख गर्दै आगामी दिनमा सहज र प्रभावकारी पहुँच सुनिश्चित गर्ने बताए।

 ‘कतिपय संवेदनशील सूचना सार्वजनिक गर्न नमिल्ने भए पनि सार्वजनिक सरोकारका सूचना नागरिकले पाउनु उनीहरूको अधिकार हो,’ उनले भने- ‘निवेदन दिँदा समेत सूचना नपाउने अवस्थाको अन्त्य गर्न पहल गर्नेछु ।’

अध्यक्ष अधिकारीले सूचना अधिकारको कार्यान्वयनमा नेपाल पत्रकार महासंघसँग सहकार्य गर्दै पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र सुदृढ बनाउने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले जिल्लामा सार्वजनिक निकायहरूले सूचना दिन आनाकानी गर्ने प्रवृत्ति रहेको बताएका छन् । पत्रकारले माग गरेका सूचना समेत उपलब्ध नहुने घटनाहरू बढिरहेको भन्दै उनले यस्ता विषयमा सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने जोड दिए ।

सार्वजनिक निकायले नियमित रूपमा सूचना प्रकाशन  तथा प्रसारण गर्नुपर्ने भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनले बताए । कार्यक्रममा धादिङका सञ्चारकर्मीहरूले नवनियुक्त अध्यक्षलाई शुभकामना दिँदै सूचना प्रणालीलाई अझ पारदर्शी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने दिशामा काम गर्न आग्रह गरेका छन्।

सम्मानित अध्यक्ष अधिकारी नेपाल बार एसोसिएसन धादिङका पूर्व अध्यक्ष, नागरिक समाजका अगुवा, त्रिकोण खबर डटकमका सम्पादक समेत रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट