नागरिकको सूचना अधिकार व्यवहारमै सुनिश्चित गर्छौंः अध्यक्ष अधिकारी

  • २०८३ बैशाख १७, बिहिबार (१ महिना अघि)
  • ४१ पटक पढिएको
नागरिकको सूचना अधिकार व्यवहारमै सुनिश्चित गर्छौंः अध्यक्ष अधिकारी

काठमाडौं– नागरिकको सूचना पाउने अधिकार व्यवहारमा सुनिश्चित गर्ने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश सूचना पुनरावेदन समितिका नवनियुक्त अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीले बताएका छन् । नागरिक समाज धादिङले गरेको सम्मान ग्रहण गर्दै अध्यक्ष अधिकारीले सार्वजनिक निकायको सूचना प्राप्तिमा सहज र नागरिकको पहुँच हुने गरी काम गर्ने बताएका हुन् ।

Advertisement

‘नागरिकको सूचना पाउने अधिकार सुनिश्चित भयो भने सार्वजनिक निकायमा हुने भ्रष्टाचार, अनियमितता, काममा हुने ढिलासुस्ती जस्ता व्यथितिको अन्त्य हुन्छ’ उनले भने ।

‘सूचना पाए नागरिकले प्रश्न गर्छन् र नागरिकले गरेका प्रश्नले सुशासन कायम गराउँछ । नागरिकको सूचना पाउने हक अधिकारलाई व्यवहारमा सुनिश्चित गर्नेछौं’ उनले भने– ‘समाजमा हुने भ्रष्टाचार, अनियमितता जस्ता क्षेत्रमा नागरिक समाजले प्रश्न उठाउँदै आएका छन् । सभ्य र समुन्नत समाज निर्माणका लागि नागरिक समाजले खेलेको भूमिका उदाहरणीय छ । अझै नागरिकले पाउने सूचनाको सहज पहुँच भए सामाजिक रूपान्तरण र सुशासनमा ठूलो मद्दत पुग्दछ । हामी नागरिक समाज सँगसँगै छौँ’ उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले जिल्लामा सार्वजनिक निकायहरूले सूचना दिन आनाकानी गर्ने प्रवृत्ति रहेको बताए । पत्रकारले माग गरेका सूचना समेत उपलब्ध नहुने घटनाहरू बढिरहेको भन्दै उनले यस्ता विषयमा सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने जोड दिए । सार्वजनिक निकायले नियमित रूपमा सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनले दावी गरे ।

त्यसैगरी, धादिङ उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारीले नागरिकलाई शक्तिशाली बनाउने सूचनाको हक अधिकार सहज पहुँच हुनुपर्ने बताए । ‘सूचना र डाटाले नागरिकलाई शक्तिशाली बनाउँछ । नागरिकलाई शक्तिशाली बनाउने क्षेत्रमा तपाईँ हुनुहुन्छ । नागरिकले सहज तरिकाले सूचना पाउने र नागरिक सूचनाको पहुँचमा हुने विश्वास छ’ उनले भने– ‘नेतृत्व गर्नेको क्षमता, विवेक र चलायमानको आधारमा त्यस क्षेत्रलाई परिस्कृत गर्न सकिन्छ । त्यसैले अब नागरिकको सूचना पाउने हक अधिकार बागमती प्रदेशमा सहज प्रत्याभूत हुनेछ ।’

नागरिक समाजद्धारा सम्मानित अध्यक्ष अधिकारी नेपाल बार एसोसिएसन धादिङका पूर्व अध्यक्ष, नागरिक समाजका अगुवा, त्रिकोण खबर डटकमका सम्पादक समेत रहेका छन् । विहीबार नै नेपाल पत्रकार महासंघ धादिङले अध्यक्ष अधिकारीलाई सम्मान गरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट