





























काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको सभापतिमा राजन अर्याल निर्वाचित भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
निर्वाचन प्रक्रियामार्फत पार्टीको नयाँ जिल्ला सभापतिमा अर्याल निर्वाचित भएका हुन् । ज्वालामुखी निवासी अर्याल रास्वपा बागमती प्रदेश कमिटीका सदस्य समेत हुन् । सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले आफ्ना निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठक र अर्का उम्मेदवार रामकुमार थपलियालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
त्यस्तै, जिल्ला उपसभापति पदमा लिला श्रेष्ठलाई पछि पार्दै श्रवण त्रिपाठी विजयी भएका छन् । जिल्ला कार्यसमितिको सचिव पदमा कल्पना श्रेष्ठ र विदुर अधिकारीलाई पराजित गर्दै राम भण्डारी, सहसचिव पदमा राजेन्द्र कडेललाई पछि पार्दै श्रीराम आचार्य विजयी भएका छन्।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
