बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

  • २०८३ भाद्र १०, बुधबार (२ मिनेट अघि)
  • ० पाठक संख्या
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं-  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाएका छन् । विपक्षी दलहरूले प्रक्रिया नै असंवैधानिक भएको आरोप लगाउँदै बैठक बहिष्कार गरेपछि उपस्थित सत्तापक्षीय सांसदहरूको मतबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन् ।

Advertisement

प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित सबै ५७ सांसदले मतदान गरेका छन् । मुख्यमन्त्री थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका ७ सांसदको समर्थन प्राप्त गरेका हुन् । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५३ मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिप) का ३ तथा हाम्रो नेपाली पार्टीका २ सांसदले बैठक बहिष्कार गरे । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद पनि बैठकमा उपस्थित रहेनन् ।

विपक्षी दलहरूले मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दा उच्च अदालत पाटनको हेटौँडा इजलासमा विचाराधीन रहेको अवस्थामा विश्वासको मत लिनु संविधानको भावना विपरीत भएको दाबी गर्दै बैठक बहिष्कार गरेका थिए । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अदालतमा सरकार गठनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला विश्वासको मतको प्रक्रिया अघि बढाउनु असंवैधानिक, अलोकतान्त्रिक तथा संविधानको मर्मविपरीत भएको दाबी गरेका छन् ।

उनले उच्च अदालत पाटनको हेटौँडा इजलासले मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादमा दुवै पक्षलाई भदौ १० गते छलफलका लागि बोलाइसकेको अवस्थामा त्यसअघि नै विश्वासको मतको प्रक्रिया अघि बढाउनु न्यायपालिकाको सम्मान र संवैधानिक व्यवस्थामाथिको चुनौती भएको प्रतित्रिया दिएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट