कांग्रेस धादिङ २ को सभापतिमा राजन बुर्लाकोटी विजयी

कांग्रेस धादिङ २ को सभापतिमा राजन बुर्लाकोटी विजयी

धादिङ– नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ को सभापतिमा राजन बुर्लाकोटी विजयी भएका छन् । उनले १ हजार ४ मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।

Advertisement

उनका प्रतिस्पर्धी नवराज तिमल्सिनाले ५ सय ४७ मत प्राप्त गरेका छन् । १ हजार ७ सय ९० मतदाता मध्ये १ हजार ७ सय ५८ मत खसेको थियो ।

त्यसैगरी, सचिवमा सरोज पाण्डेले ९ सय ५३ मत र सहसचिव खुल्लातर्फ नवीन कुमार श्रेष्ठले ७ सय ९३ मतसहित विजयी भएका छन् । सदस्यतर्फ भीमबहादुर ढकाल ९ सय ८५ र सूर्यबहादुर कुमाल ७ सय ३३ मतसहित विजयी भएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा रमेश धमला (१,२९७), दिलमान पाख्रिन तामाङ (१,०६२), रामनाथ अधिकारी (९७५), भीमप्रसाद ढुङ्गाना (१,१४९), विकास श्रेष्ठ (८१६), रिता थापा मगर (१,१४७), राकेश धमला (१,१४६), दीपक कोइराला (९१२), तिलकप्रसाद ढुङ्गाना (७२५), कल्पना अधिकारी (१,०६३), लक्ष्मी गिरी (६६६) ईश्वर अधिकारी (९३७), माया तामाङ (७१८), झंक नारायण श्रेष्ठ (८१६), सेतेमान तामाङ (७२३), कुलबहादुर गुरुङ (७०२), राजकुमार श्रेष्ठ (८५८), गोपीकृष्ण भण्डारी (८५८), सिता चोदेन गुरुङ (१,१३१), सरिता तामाङ (९०८), अश्विन दुवाडी (५५९), डेभिड घले (९३१), बिनोद रिजाल (६५३), चिजकुमार तामाङ (८६३), राम्री नेपाली (७८३), सरिता राना मगर (९४१), शान्त कुमारी तामाङ (७४२), धनबहादुर गुरुङ (७४९) र योगबहादुर तामाङ (७३५), रामप्रसाद अधिकारी (७१३), देवीप्रसाद कोइराला (६८५) विजयी भएका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट