काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।


१५ औं महाधिवेशन अन्तर्गत सभापति निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो ।
७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
