धादिङको सलाङघाटमा दुइ वटा कार ठोक्किदा ४ जना घाइते

धादिङको सलाङघाटमा दुइ वटा कार ठोक्किदा ४ जना घाइते

|पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा एक आपसमा ठोक्किएका कारहरु । तस्विरः अशोक श्रेष्ठ ।

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा दुइ वटा कार एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।

Advertisement

काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१–०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४५०९ नम्बरको कार एक आपसमा ठोक्किँदा दुवै कारमा सवार २/२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घाइते हुनेहरुमा पोखरा जाँदै गरेको कारमा सवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ का २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का रहेका छन् ।

त्यस्तै, काठमाडौं आउँदै गरेको कारमा सवार रामेछापको खाडादेवी गाउँपालिका–८ की २१ वर्षीया सुनिता बरैली र मकवानपुरको हेटौडा उपमहानगरपालिका–८ की २४ वर्षीया बबिता खनाल घाइते भएका छन् ।

उनीहरू चारै जनाको मलेखुस्थित टिचिङ हस्पिटलमा उपचार भइ रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट