धादिङमा १५औं वाका कप सुरु

  • २०८१ चैत्र २२, शुक्रबार (१ साल अघि)
  • ५४७ पटक पढिएको
धादिङमा १५औं वाका कप सुरु

काठमाडौं- नेत्रावती डवजोङ गाउँपालिका–३ वाकामा १५औं वाका कप तथा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

Advertisement

जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप ९ ए साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता विहीबारबाट सुरु भएको हो । बागमती प्रदेश सभा सदस्य माननीय गोविन्द लम्सालले अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि महत्वपूर्ण रहेको बताएका छन् । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भने जस्तै स्वास्थ्य रहने खेलहरु खेल्ने गरिन्छ । पछिल्लो समय खेलकुद क्षेत्रले देशकै नाम राक्न सफल भएको छ । यस्ता खेलहरुले स्थानीय स्तरबाट खेलाडीलाई प्रोत्साहन मिल्ने तथा नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्नेछ’ उनले भने ।

छार वाका राहा युवा क्लबको अध्यक्ष भिम बहादुर गुरुङ जङ्गेले वाका कपबाट नयाँ खेलाडीहरु उत्पादन भइ रहेको बताएका छन् । त्यस्तै नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन, प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, वडा नम्बर ३ को वडा अध्यक्ष सुरेश गुरुङ, पुर्व वडा अध्यक्ष बिजय कुमार तामाङ लगायतले शुभकामना दिदै वाका कपले धादिङको खेलकुद क्षेत्रमा ठूलो सहयोग पुगेको बताएका छन् ।
प्रतियोगितामा २५ टिम सहभागी रहेका छन् । प्रतियोगिताको विजेताले २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार, उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षकले जनही ५/५ हजार पाउँने छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट