काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ५० वर्षकी निलम देवी राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १३ वर्षीया मानुसी मगरको शव दुर्घटनास्थल नजिकैको खोल्सामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको एक बा प्र ०१-००६ ख ७०७२ नम्बरको माइक्रोबस राति करिब १ बजे सडकबाट झण्डै २०० मिटर तल खसेको थियो । दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घाइतेहरूको उपचार हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप