महिलालाई नेतृत्व तहमा पुर्‍याउन धादिङमा रुपान्तरित नेतृत्व विकास तालिम

  • २०८२ बैशाख ११, बिहिबार (६ दिन अघि)
  • १६७ पटक पढिएको
महिलालाई नेतृत्व तहमा पुर्‍याउन धादिङमा रुपान्तरित नेतृत्व विकास तालिम

धादिङ– धादिङका महिला दिदिबहिनीहरुलाई रुपान्तरित नेतृत्व विकास सम्बन्धी ५ दिने तालिम दिइएको छ । नेतृव तहमा महिला सहभागिता बढाउन सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

Advertisement

एईआई एन लक्जम्वर्गको आर्थिक सहयोगमा ग्रामिणमुखि युवा अभियान (रोयम नेपाल) परियोजना धादिङको आयोजनामा तालिम संचालन गरिएको हो । समुदाय स्तरमा रहनुभएका महिला हरुको शशक्तिकरण, नेतृत्व विकास, महिला माथि हुने हिंसा न्युनिकरण, मानव अधिकार लगायतका विषयमा जानकारी गराई नेतृत्व तहमा महिलाको सहभागिता अभिवृद्धि गर्न महिलाहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले ५ दिने रुपान्तरित नेतृत्व विकास आयोजना गरिएको रोयम नेपालका जिल्ला संयोजक हरिशरण धितालले बताए ।

रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यैपाने, महिला मानव अधिकार रक्षक गायत्री खतिवडा, नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, रेडियो धादिङका स्टेसन मेनेजर राजाराम शर्मा र रोयम नेपालका जिल्ला संयोजक हरिशरण धितालले देशको वर्तमान अवस्था, नेतृत्व तहमा महिलाको सहभागिता र संघर्ष, नेतृत्व विकास लगायत विषयमा सहजिकरण गरेका थिए ।

तालिम समापन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले तालिममा सिकेका ज्ञान व्यवहारमा लागू भए समाज ठुलै परिवर्तन हुने बताए । `नीलकण्ठ नगरपालिकाले पनि दलित, सिमान्तकृत समुदाय र महिलालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको छ । रोयम नेपाल लगायत विभिन्न संघ संस्थाले पनि यसै क्षेत्रमा काम गरिरहेको छ । महिला शशक्तिकरणका लागि नीलकण्ठ नगरपालिकाले विभिन्न संघ संस्थासङ्ग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य हुनेछ´ उनले भने ।

५ दिनसम्म चलेको तालिममा नीलकण्ठ नगरपालिका र नेत्रवती डवजोङ गाउँपालिकाका २५ जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । रोयम नेपालले महिला शशक्तिकरणक लागि विभिन्न तालिम दिदै आर्थिक सहयोग पनि गर्दै आएको छ । यसअघि महिला शशक्तिकरण, ढाका बुनाइ, विभिन्न खेती लगायतका विषयमा तालिम दिदै आएको छ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट