काठमाडौं– धनकुटाको चौबिसे गाउँपालिका–१ राजापोखरीका ७४ वर्षीय वृद्ध पदमबहादुर श्रेष्ठको लडेर मृत्यु भएको छ ।
बैशाख १६ गते दिउँसो घरबाट हिडेका श्रेष्ठ वेपत्ता रहेका थिए । खोजी गर्ने क्रममा बुधबार बिहान घर भन्दा सात सय मिटर टाढा सडक छेउमा लडेर मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतक श्रेष्ठको शव पोष्टमार्टमको लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप