एसईईमा ४ जिपिए ल्याएका विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान, ४ विद्यालय ४ लाखसहित पुरस्कृत

  • २०८२ अषाढ १९, बिहिबार (५ दिन अघि)
  • ३९३ पटक पढिएको
एसईईमा ४ जिपिए ल्याएका विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान, ४ विद्यालय ४ लाखसहित पुरस्कृत

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलहरुलाई धादिङको नीलकण्ठ नगरपालिकाले सम्मान गरेको छ । नगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याएका पाँच जना विद्यार्थीहरुलाई जनही ५० हजार रुपैयाँ तथा शत प्रतिशत नतिजा ल्याउन सफल चार विद्यालयलाई नगदसहित सम्मान गरेको हो ।

Advertisement

नगरपालिकाले बिहीबार एक समारोहका बीच विद्यार्र्थी तथा विद्यालयलाई सम्मानपत्र, माला र नगद प्रदान गरिएको हो । सम्मानित हुनेहरुमा नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका सन्ध्या तिमल्सिना, सुनौलो भैरवी माध्यामिक विद्यालयकी प्रशंसा श्रेष्ठ, चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयकी प्रिसिला तामाङ, न्यू किबो आवासिय बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष शर्मालाई जनही ५०/५० हजार नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै, शत प्रतिशत नतिजा ल्याउन सफल चार विद्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा प्रकाश माध्यामिक विद्यालय, लामागुरु महादेव माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय र भैरवी माध्यामिक विद्यालय रहेका छन् । यि चार विद्यालयले ४/४ लाख प्राप्त गरेका छन् । पुरस्कार प्राप्त रकम शैक्षिक उन्नयनमा खर्च गर्न पाइने बताइएको छ ।

नीलकण् नगरपालिकाले गरेको सम्मानले भावी दिनहरुमा थप हौसला थपिएको बताएका छन् । सम्मानित सन्ध्या तिमल्सिनाले भनिन्– ‘उत्कृष्ट नतिजाले मनोवल बढेको छ । यो सम्मानले भविष्यमा अघि बढ्न झनै सहयोग पुग्नेछ । म स्वयम् र मेरो परिवार तथा विद्यालय सबैका लागि हौसला हो ।’

जिल्लाभर ८ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएकोमा तीमध्ये ५ जना नीलकण्ठ नगरपालिका भित्रका रहेका छन्, ३ जना अन्य पालिकाका रहेका छन् । यस उपलब्धिलाई शैक्षिक सुधारको संकेतका रूपमा लिँदै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले शत प्रतिशत नतिजा ल्याउने हो भने जति आवश्यक परेपनि बजेट विनियोजन गर्ने बताए ।

नगरपालिकाले निशुल्क शिक्षा प्रदान गरिरहेको छ । अब के गर्नुपर्छ, नतिजा ल्याउने आधार लिएर आउनुहोस् । शत प्रतिशत नतिजा ल्याउने प्रतिवद्धता गर्नुहुन्छ भने मागेको जति लगानी गर्न नगरपालिका तयार छ’ उनले भने ।
उनले विद्यालयभित्रको आन्तरिक प्रतिस्पर्धा शैक्षिक उन्नयनको प्रमुख आधार भएको बताए । उनले भने– ‘शिक्षामा गरिएको लगानी कहिल्यै खेर जादैन । नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा लगानी गर्न पछि पनि पर्दैन ।’

नीलकण्ठ नगरपालिकाले विशेष योजना बनाएर काम गरिरहेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए । उनले भने– ‘निःशुल्क शिक्षादेखि शैक्षिक क्षेत्रमा योजना नै बनाएर काम गरिरहेका छौं । नगरपालिकाले गरेको लगानी अनुसार प्रतिफल पनि प्राप्त भइ रहेको छ । हामी सबैको पहल र सहकार्यले शैक्षिक क्षेत्रमा फड्को मार्नेछ ।’

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भुमीलाल सुवेदी शर्माले नीलकण्ठ नगरपालिकाले देखाएको प्रतिबद्धता अन्य पालिकाका लागि पनि उदाहरणीय रहेको बताए । त्यस्तै, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले एसईईको नतिजा शैक्षिक सुधारको संकेत रहेको बताए । ‘नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल विस्तारै देखिरहेको छ । लगानी र नतिजा दुवै बढाउन सके शैक्षिक क्षेत्रमा अझै फड्को मार्न सकिन्छ’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट