अन्तरिम सरकारले निर्वाचन गराउन सक्दैन: एमाले नेता ज्ञवाली

  • २०८२ कार्तिक २, आईतबार (११ मिनेट अघि)
  • १७ पटक पढिएको
अन्तरिम सरकारले निर्वाचन गराउन सक्दैन: एमाले नेता ज्ञवाली

काठमाडौँ— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान अन्तरिम सरकारले निर्वाचन गराउन नसक्ने दाबी गरेका छन् । अराजकता र असुरक्षाका कारणले अहिलेको सरकारले फागुन २१ गते निर्वाचन गर्न नसक्ने स्पष्ट पारे ।

जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता भएका र ठूलो सङ्ख्यामा कैदीहरु फरार भएका कारण अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउन सम्भव नरहेको बताएका छन्। नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नं. १ समन्वय कमिटीको आयोजनामा धादिङको गल्छीमा भएको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

त्यसैगरी, नेकपा एमाले निर्वाचन विरोधी नभएको बताएका छन्। ‘एमाले निर्वाचनसँग कहिल्यै पछि हट्ने वा डराउने पार्टी होइन । देशलाई स्थायित्व र लोकतान्त्रिक दिशामा लैजानका लागि छिटो भन्दा छिटो जनमतमा जानुको विकल्प छैन । तर विडम्बना यो सरकारले निर्वाचन गराउन सक्दैन ।’

‘अहिले देश अन्योलतातिर धकेल्लिरहेको छ । यसको समाधान जनताको म्यान्डेटबाट मात्रै सम्भव छ। एमाले जनताको शक्तिमा विश्वास गर्छ, संवैधानिक बाटोबाटै स्थायित्व ल्याउन खोज्छ’  उनले भने ।

‘जनतामा नयाँ राजनीतिक चेतना जगाएको र एमालेले त्यसका जायज मागहरूको समर्थन रहेको बताएका छन्। युवा पुस्तामा असन्तुष्टि मात्र होइन, राजनीतिक सुधारप्रतिको आकांक्षा पनि उजागर गरेको छ। हामी परिवर्तनका आन्दोलनबाट कहिल्यै टाढा भएका छैनौं। देशको नेतृत्व फेरि जनताको साथमा एमालेलाई फर्किनेछ’ उनले भने ।

धादिङमा नेकपा एमाले एक ढिक्का भएर अगाडि बढ्ने नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताएका छन्। देशमा भइरहेको अराजकता असुरक्षा हटाई शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न नेकपा एमाले लागिरहेको उनले बताए ।

कार्यक्रम उद्घाटन पूर्व राष्ट्रिय युवा संघ नेपाल धादिङ र अनेरास्ववियु धादिङले काठमाडौंको सिमाना नागढुंगा र चितवनको सिमाना हुँदै मलेखुबाट मोटरसाइकल र्‍याली निकालेका थिए ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट