एमाले धादिङले गर्यो १३ वटै पालिकामा र्याली सहित कोण सभा

  • २०८२ कार्तिक २५, मंगलबार (६ महिना अघि)
  • २०७ पटक पढिएको
एमाले धादिङले गर्यो १३ वटै पालिकामा र्याली सहित कोण सभा

धादिङ– नेकपा एमाले धादिङले जिल्लाभर बृहत जनप्रदर्शनसहित कोण सभा गरेको छ । जेन्जी आन्दोलनपछि उत्पन्न अराजकता विरुद्ध र लोकतन्त्रको जगेर्ना संविधानको रक्षा र संसद पुनस्र्थापनाका लागि र्याली गरिएको हो ।

Advertisement

धादिङको १३ वटै पालिकामा र्याली सहित कोण सभा गरिएको एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताएका छन् । ‘जेन्जी आन्दोलनपछि समाजमा अराजजगता फैलिएका छन् । राजनीतिक स्थायित्व र सुशासनको सन्देश दिन र संसद्को पुनस्र्थापनाको दबाबका लागि जिल्लाभर कोणसभा गरिएको हो । उज्यालोको विकल्प अँध्यारो हुन सक्दैन । नेकपा एमाले समाज रूपान्तरणको उज्यालो घाम हो।’ उनले भने– ‘देशलाई खरानी बनाउनेहरूले जिन्जी आन्दोलन कब्जा गरे । त्यसपछि हत्या हिंसा आतंक फैलियो । प्रहरीका हतियार बर्दी खोसिए, कैदीबन्दीलाई बाहिर निकालियो । समाजमा डर हिंसा अराजकता फैलाइयो। हामी लोकतन्त्र र संविधानको पक्षमा छौँ। लोकतन्त्रमा यो छुट छैन। देश बचाउन एमालेले नेतृत्व गर्छ तपाईं साथ दिनुहोस् ।

नीलकण्ठ नगर कमिटीले ससाहदेखि मोटरसाइकल र्याली धादिङबेसी बजार परिक्रमा गरी एमाले चोकमा कोणसभा गरेको छ । धुनिबेसी नगर कमिटीले खानीखोला बजार परिक्रमा गरी कोण सभा गरेको हो । थाक्रे गाउँपालिका कमिटीले महादेवबेसीमा र्याली सहित कोण सभा, गल्छी गाउँपालिका कमिटीले गल्छीमा कार्यकर्ता भेला, गजुरी गाउँपालिका कमिटीले ¥याली सहित कोणसभा, बेनीघाट रोराङ गाउँपालिका कमिटीले मलेखुदेखि मौवा खोलासम्म मोटरसाइकल र्याली गरी कोण सभा गरेको छ ।

त्यसैगरी सिद्धलेक गाउँपालिका कमिटीले परेवाटारदेखि कालीदहसम्म मोटरसाइकल ¥याली सहित बुङचुङमा कोण सभा, ज्वालामुखी गाउँपालिका कमिटीले साँझभन्ज्याङमा कोण सभा, नेत्रावती डबजोङ गाउँपालिका कमिटीले र्याली सहित हिरक पार्कमा कोणसभा, त्रिपुरासुन्दरी गाउँपालिका कमिटीले शीतल बजारमा कार्यकर्ता भेलासहित कोणसभा, गङ्गाजमुना गाउँपालिका कमिटीले फुलखर्कमा कोणसभा, खनियाबास गाउँपालिका कमिटीले कार्यकर्ता भेला र रुवीभ्याली गाउँपालिका कमिटीले तिप्लिङ र सेर्तुङमा कोण सभा सम्पन्न गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट