अनलाइन मिडिया सोसाईटी धादिङको अध्यक्षमा केशव अधिकारी

  • २०८२ पौष १६, बुधबार (१ मिनेट अघि)
  • ५ पटक पढिएको
अनलाइन मिडिया सोसाईटी धादिङको अध्यक्षमा केशव अधिकारी

धादिङ– अनलाइन मिडिया सोसाइटी धादिङको अध्यक्षमा केशव अधिकारी चयन भएका छन् । धादिङबेसीमा भएको प्रारम्भिक साधारण सभाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

Advertisement

उपाध्यक्षमा नारायण सिलवाल, सचिवमा अनिल नेपाली, सह–सचिवमा मनिष श्रेष्ठ र कोषाध्यक्षमा बिनु सिम्खडा चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा राम बहादुर ठकुरी (आशिष), सीता सापकोटा (शितल), दिपा लम्साल र गजेन्द्र गुरुङ रहेका छन् ।

बुधबार नै डिजिटल युगमा पत्रकारितालाई समयसापेक्ष, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन मिडिया सोसाइटी धादिङले रुवीभ्याली गाउँपालिकासँगको सहयोगमा डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विषयक एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

तालिमले डिजिटल मिडियामा काम गर्न थप आत्मविश्वास बढाउनुका साथै व्यावहारिक सीप विकासमा महत्वपूर्ण सहयोग पुगेको तालिममा सहभागी पत्रकारहरूले बताएका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट