सहकारीलाई व्यवस्थित बनाउन ज्वालामुखीमा कोपोमिस तालिम

  • २०८३ अषाढ ११, बिहिबार (३ मिनेट अघि)
  • ११ पटक पढिएको
सहकारीलाई व्यवस्थित बनाउन ज्वालामुखीमा कोपोमिस तालिम

धादिङ– धादिङको ज्वालामुखी गाउँपालिकामा सहकारी संस्थाहरूका लागि सहकारी सम्बन्धी तीन दिने कोपोमिस(COPOMIS) तालिम दिइएको छ । सहकारीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने तथा सहकारीको विकासमा टेवा पुर्‍याउन ज्वालामुखी गाउँपालिकाको सहकारी शाखाले कार्यक्रमको आयोजना गरेको हो ।

असार ९ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको तालिममा सहकारीको महत्व, सहकारी सञ्चालनका नीति नियम, सहकारीका फाइदा, सहकारीको जोखिम र कुशल व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिममा १६ वटा सहकारीका सञ्चालन समिति तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । तालिममा सहभागीहरूले सहकारी सम्बन्धी ज्ञान नीति नियम तथा सहकारी सञ्चालनका विषयमा लिएको जानकारी व्यवहारमा लागु गर्ने बताएका छन् । सहकारीप्रति बढ्दो वितृष्णा हटाएर नागरिकलाई सहकारीप्रति आकर्षण गराउन सहयोग पुग्ने उनीहरूको भनाइ छ।

तीन दिनसम्म सञ्चालन रहेको सहकारी सम्बन्धित तालिमको प्रशिक्षक योगमणि पाण्डेले सहजीकरण गरेका थिए । सहकारी सम्बन्धी तालिम लिएकाहरूले सहकारीको विकास तथा सहकारीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने सहकारी शाखा प्रमुख ज्ञानु कंडेलले बताइन् ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्ष एवं सहकारी संस्था अनुगमन तथा नियमन कार्यदलका धर्म बहादुर अर्यालले सहकारीलाई व्यवस्थित बनाएर लैजानुपर्ने बताएका छन्। सहकारी बारे बाहिर आउने गरेका भ्रम चिर्दै सहकारीका फाइदा नागरिक समक्ष पुर्याउन आवश्यक रहेको उनको भनाइ छ।

सहकारीले एकताको सन्देश दिँदै सामुयिक रूपमा सामाजिक रूपान्तरण गर्न सहयोग मिल्ने ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ तानाले बताएका छन् । ‘गाउँ गाउँमा सहकारी आएपछि टोलमा पर्ने समस्या समाधान तथा नागरिकमा बचत गर्ने बानीको विकाससँगै आर्थिक पाटोलाई मजबुत बनाउन सहयोग मिलेको छ’ उनले भने ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट