सहकारीलाई पारदर्शी र प्रभावकारी बनाउन गङ्गाजमुनामा तीन दिने तालिम

  • २०८३ भाद्र ६, शनिबार (७ मिनेट अघि)
  • २ पटक पढिएको
सहकारीलाई पारदर्शी र प्रभावकारी बनाउन गङ्गाजमुनामा तीन दिने तालिम

धादिङ- गङ्गाजमुना गाउँपालिकामा स्थानीय सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूलाई सहकारी शिक्षा तथा वित्तीय व्यवस्थापन सम्बन्धी तीनदिने तालिम दिइएको छ । क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन भएको तालिममा सहकारीको आधारभूत शिक्षा, संस्थागत सुशासन, वित्तीय व्यवस्थापन, लेखा प्रणाली, सहकारी संस्थाको प्रभावकारी सञ्चालन तथा सदस्यकेन्द्रित सेवा प्रवाहलगायतका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको हो ।

Advertisement

तालिममा गङ्गाजमुना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, गाउँपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख गोकर्ण अधिकारी, आड्रा नेपालका परियोजना अधिकृत माधव जंग महत तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, प्रमुख प्रशासकीय अधिकृत सुदिप ढुङ्गाना लगायतले अतिथिहरुले सहकारी संस्थालाई दिगो, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारी तथा कर्मचारीको ज्ञान, सीप र वित्तीय व्यवस्थापन क्षमता महत्वपूर्ण हुने बताएका हुन् । तालिमको सहजीकरण प्रशिक्षक सचिन भट्टराईले गरेका हुन् ।

तालिममा गङ्गाजमुना गाउँपालिकाभित्रका तीन वटा स्थानीय कृषि सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी गरी जम्मा २४ जनाको सहभागिता रहेको प्रयास नेपाल धादिङको प्रशासन तथा लजिष्टिक सहायक राम माया तामाङले जानकारी दिए । सहभागीहरूले तालिमका क्रममा सिकेका ज्ञान, सीप तथा व्यवस्थापन सम्बन्धी अभ्यासलाई आ–आफ्ना सहकारी संस्थाको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

स्थानीय तहमा सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र सदस्यको हितलाई केन्द्रमा राखेर सहकारी सञ्चालन गर्न तालिमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रम प्रयास नेपाल धादिङको आयोजना तथा आड्रा नेपालको सहयोगमा सञ्चालित उद्यमशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत सञ्चालन गरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट