लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा नीलकण्ठ पार्कमा वृक्षारोपण 

  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • १० पटक पढिएको
लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा नीलकण्ठ पार्कमा वृक्षारोपण 

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१२ सांकोषस्थित नीलकण्ठ पार्क परिसरमा वृक्षारोपण गरिएको छ । हरित प्रवर्द्धन गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले १ सय २५ वटा बिरुवा वृक्षारोपण गरेको हो ।

धुपी, कपुर, कल्की फूल, पलाँस, अमला, गुलमोहर लगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीका अध्यक्ष राजाराम रिजालले जानकारी दिए । डिभिजन वन कार्यालय धादिङ र नीलकण्ठ पार्क समितिको सहकार्यमा वृक्षारोपण गरिएको हो । हरियाली विस्तार, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले वृक्षारोपण गरिएको उनले बताए ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई (एमडी–३२५) नेपालको “Inspired by Nature, For Climate, For Our Future” अभियान अन्तर्गत आयोजित कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, वन कार्यालयका प्रतिनिधि, नीलकण्ठ पार्क समितिका सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो । सहभागीहरूले वृक्षारोपण मात्र नभई रोपिएका विरुवाको संरक्षण गर्ने पनि बताएका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट