एमाले सांसदद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

  • २०८३ श्रावण १४, बिहिबार (२० घण्टा अघि)
  • १८ पटक पढिएको
एमाले सांसदद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौं– नेकपा (एमाले)की सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेकी छन् । सुनसरीको कप्तानगञ्ज घटनामा गोली चलेको विषयलाई लिएर उनले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।

“सुनसरी घटनाको दोषी यो सरकारको प्रधानमन्त्री र गृहमन्त्री हुने कि नहुने ? यो घटनाको जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीको तत्काल राजीनामा माग गर्दछु,” उनले भनिन् ।

उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनमा राज्यको धरोहर बचाउन गोली चल्दा तत्कालीन सरकारलाई हत्यारा बनाइएको भन्दै अहिलेको सुनसरीको घटनाको जिम्मा अहिलेको सरकारले लिनुपर्ने उनले बताइन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बच्चाको रगत पिएको भन्दै वर्तमान प्रधानमन्त्रीले स्ट्टाटस लेखेको स्मरण गराउदै

अहिले सुनसरीको युवाको रगत पिउनुभयो भनेर भन्ने कि नभन्ने ?” उनले प्रधानमन्त्रीलाई प्रश्न सोधिन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट