ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागी

  • २०८३ भाद्र ८, सोमबार (३ घण्टा अघि)
  • ७ पटक पढिएको
ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागी

काठमाडौं- हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागी भएको छ । राति १ बजे लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

Advertisement

गाउँपालिकाको भवनको लेखा शाखाको स्टोरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा ३ बजे ४५ मिनेटमा आगो पूर्ण नियन्त्रणमा आएको हो । आगलागीबाट ४ थान काठको र्याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट