धादिङ– अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङमा आफ्नो कार्यालय स्थापना गरेको छ । नीलकण्ठ नगरपालिका–८, मनकामना टोलमा स्थापना गरिएको कार्यालय सोमबार एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन गरिएको हो ।


विश्वभर छरिएर रहेका धादिङबसीलाई एउटै सञ्जालमा जोड्दै जिल्लाको विकासमा योगदान पु¥याउने उद्देश्यले स्थापित समाजको कार्यालय नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठ र समाजका अध्यक्ष बद्री खतिवडाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्थाका रूपमा स्थापित समाजले विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ । समाजले खेलकुद प्रवद्र्धन, विपद् व्यवस्थापनका लागि पूर्वतयारी तथा सामूहिक लगानीमार्फत जिल्लामा रोजगारीका अवसर सिर्जना गर्ने योजनासमेत अघि सारेको छ ।
गत असोज ३१ गते धादिङबेँसीमा सम्पन्न समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनबाट अमेरिकामा रहेका बद्री खतिवडा सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका थिए । विभिन्न देशमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको समाजले धादिङमा कार्यालय स्थापना गरेसँगै संस्थागत गतिविधिलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।
जिल्लाको सामाजिक विकास, सहयोग तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएको समाजले अब कार्यालयमार्फत जिल्लामा सञ्चालन गर्ने कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउने अध्यक्ष खतिवडाले बताए ।
धादिङको विकास तथा समृद्धिका लागि सहकार्य गर्ने नीलकण्ठ वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
