वनमा आगो लगाएको आरोपमा ५ जना पक्राउ

  • २०८१ बैशाख २३, आईतबार (२ साल अघि)
  • ३५८ पटक पढिएको
वनमा आगो लगाएको आरोपमा ५ जना पक्राउ

काठमाडौं – काभ्रेका विभिन्न जङ्गलमा आगो लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

Advertisement

पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो लगाएको आरोपमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सबिन सुनार, नमोबुद्ध नगरपालिका–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको आरोपमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का मैते तामाङलाई सोधपुछ गरेर छोडिएको र अरुलाई मुद्दा चलाइएको पनि उनले बताए ।

वनको डढेलो बस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा क्षति भएको छ । केही दिनअघि रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट