काठमाडौं– दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ मा पल शाहको नयाँ लुक्स सार्वजनिक भएको छ । शनिबार पलको लुक्स सार्वजनिक गरिएको हो ।
सार्वजनिक लुक्समा पल काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखाइएको छ । भादगाउँले टोपी लगाएका पलले कोट, सर्ट र पाइन्ट लगाएका छन् । यो लुक्स हेर्दा फिल्ममा पलको नकारात्मक भूमिका रहेको संकेत गर्छ ।
फिल्ममा पहिलोपटक तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिँदैछन् । छायांकनकै क्रममा आर्यन र प्रदीपको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ ।
संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । जातीय विभेदविरुद्धको कथामा आधारित भएर फिल्म बनाइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।