रास्वपाको केन्द्रीय समिति वैठक आज बस्दै, यस्ता छन् एजेण्डा

  • २०८० माघ ३, बुधबार (६ महिना अघि)
  • २५५ पटक पढिएको
रास्वपाको केन्द्रीय समिति वैठक आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय कार्यालय चःमतिमा दिउँसो ३ बजे बैठक बोलाइएको उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले जानकारी दिए ।

Advertisement

आज बस्ने बैठकमा केन्द्रीय विभागहरूले आ—आफ्ना रिपोर्ट पेश गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा आर्थिक, प्रशासनिक नियमावली अनुमोदन गर्ने सदस्यहरूको राय लिएर पारित गरिने अर्यालले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेले गत शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को कार्यक्रममा अलपत्र विकास आयोजनामा पैदल यात्रा गर्ने घोषणा गरेका थिए । पार्टीका २१ जना सांसदले नै अलपत्र विकास आयोजनाको पैदल यात्रा गर्ने र सरकारलाई ध्यानाकर्षण गराउने योजना अघि सारेका हुन् । आज त्यसको विस्तृत कार्ययोजना बनाउँछौं । कुन सांसद कुन अलपत्र आयोजनामा जाने भनेर तय गर्ने अर्यालले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट