नेविसंघले जलायो रास्वपा सभापति लामिछानेको पुतला

  • २०८० माघ ६, शनिबार (६ महिना अघि)
  • २२८ पटक पढिएको
नेविसंघले जलायो रास्वपा सभापति लामिछानेको पुतला

 

Advertisement

काठमाडौं- सहकारीको रकम घोटाला प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेलाई कारबाही माग गर्दै नेविसंघले राँको जुलुस निकालेका छन् । नेविसंघले शनिबार राति सवाँ ९ बजे बानेश्वर संघीय नेपाल कमर्श क्याम्पस संसद् भवन सडक खण्ड अगाडि सहकारी ठगिमा मुछिएका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध मसाल जुसुलसहित पुतला दहन गरेको हो ।

प्रदर्शनको क्रममा नेविसंघले सांसद लामिछनेविरुद्ध नाराबाजीसमेत गरेको थियो । उनीहरुले ‘रवि लामिछानेविरुद्ध उजुरी दर्ता गर, ३६ हजार जनताको पैसा फिर्ता गर’, ‘जनताको पैसा लुट्न पाइँदैन, दोषी जोगाउन पाइँदैन,’ ‘विभेद र पूर्वाग्रह मानिँदैन, ठग व्यक्ति संसद्‌मा चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।

नेविसंघका नेताहरुले कोणसभामा घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको दावी गरेका छन् ।

नेविसंघले यसअघि सहकारी विभागमा उजुरी दर्ता गरेर कारबाही माग गरेको छ । बिहीबार नेविसंघले सांसद लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो । संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट