देशभरका १ सय ९० पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन

  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • १५३ पटक पढिएको
देशभरका १ सय ९० पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन

काठमाडौं– देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ९० वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा पालिकाको प्रशासकीय सेवा प्रभावित भएको छ ।

Advertisement

गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले ८० वटा गाउँपालिका र १ सय १० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद खाली रहेको बताए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले पठाउने व्यवस्था रहेको भन्दै उनले सबै पालिकामा कर्मचारी व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि निमित्तकै भरमा सञ्चालनमा रहेको बताए । कार्यकारी निर्देशक प्याकुरेलले पालिकामा प्रमुख प्रशासकीय अधिकृत केन्द्र वा प्रदेश सरकारबाट पठाउने भन्नेमा विवाद रहेको उल्लेख गरेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट