त्रिशुलीमा र्‍याफ्टिङ नवौं धादिङ महोत्सवको मूख्य आकर्षण, दुईसयमा र्‍याफ्टिङको मज्जा

  • नेपाल पथ
  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • ४६५ पटक पढिएको
त्रिशुलीमा र्‍याफ्टिङ नवौं धादिङ महोत्सवको मूख्य आकर्षण, दुईसयमा र्‍याफ्टिङको मज्जा

धादिङ- त्रिशुली नदीमा र्‍याफ्टिङ नवौं धादिङ महोत्सवको मूख्य आकर्षण बनेको छ । त्रिशुलीमा जलयात्रा महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको रोजाइमा परेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताए ।

Advertisement

‘महोत्सव अवलोकनमा आइपुगेका सबै दर्शकले जलयात्रा गरुन् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले पनि हामीले सहज वातावरण बनाएका छौं’ उनले भने– ‘सस्तो तथा सुलभ मूल्यमा जलयात्रा गर्न पाइने व्यवस्था छ । महोत्सव अवलोकन गर्न आउनेहरुका लागि छुट्टाछुट्टै दुई वटा प्याकेज बनाएर र्‍याफ्टिङ गर्ने व्यवस्था मिलाइएको छ । घाटबेसीदखि महोत्सव स्थलसम्म र्‍याफ्टिङ गर्न प्रतिव्यक्ति पाँच सय र महोत्सव वरिपरि मात्र दुइसयमा र्‍याफ्टिङको मज्जा लिन पाइने छ ।’

धादिङ उद्योग वाणिज्य संघले गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदीको किनारमा माघ १० गतेदेखि नवौं धादिङ महोत्सव आयोजना गरेको हो । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा धादिङमा उत्पादित कृषि जन्य उत्पादन र त्रिशुलीमा जलयात्रालाई प्राथमिकता दिइएको छ ।

शनिवारिय प्याकेज बनाएर जलयात्रामा विशेष छुट गरिएको उनले बताए । जलयात्राको टिकटले महोत्सव अवलोकन पनि गर्न पाइन्छ । विद्यार्थी र वृद्धवृद्धाले ७० रुपियाँमा महोत्सव अवलोकन गर्न पाइने अध्यक्ष थपलियाले बताए । धादिङ उद्योग वाणिज्य संघले गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदीको किनारमा माघ १० गतेदेखि आयोजना गरेको नवौं धादिङ महोत्सव माघ २१ गतेसम्म चल्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट