सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने

  • २०८१ अषाढ २३, आईतबार (१ साल अघि)
  • ५७३ पटक पढिएको
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले तत्काल राजीनामा नदिने भएका छन् ।

Advertisement

एमालेले सर्मथन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारी साउनमा विश्वासको मत लिने तयारीमा छन् ।

मुख्यमन्त्री सोडारीले साउन २० गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सो अवस्थामा विश्वासको मत प्राप्त गर्न नसके सोडारी नेतृत्वको सरकार ढल्नेछ ।

नेकपा एमाले र कांग्रेसका नेता भने उनको राजीनामा माग गरिरहेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता समेत रहेका सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट