सेयर बजार ५५ अङ्कले घट्दा कारोबार रकम पनि घट्यो

  • २०८१ भाद्र २४, सोमबार (१ साल अघि)
  • ४५१ पटक पढिएको
सेयर बजार ५५ अङ्कले घट्दा कारोबार रकम पनि घट्यो

काठमाडौं– सेयर बजार आज पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार ६ सय ४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।

Advertisement

आज सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक, होटल, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज उन्नति सहकार्य लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको सेयर भने झन्डै नौ प्रतिशतले बढेको छ ।

आज तीन सय २७ वटा कम्पनीका दुई करोड १० लाख कित्ता सेयर नौ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट