





























काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार कसैले भनेको आधारमा सरकार नढल्ने बताएका छन् । कसैले कहिकतै बसेर सरकार ढल्छ भनेर सरकार नढल्ने बताएका हुन् ।


नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङको अधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण सहयोग रहेको बताएका हुन् । उनले भने– ‘सात बुँदेप्रति नेपाली कांग्रेस पूर्ण प्रतिवद्ध छ । सम्माननिय प्रधानमन्त्रीलाई गर्नुपर्ने साथ सहयोग नेपाली कांग्रेसबाट रहन्छ । कहिकतै बसेर कसैले सरकार ढल्छ भनेको आधारमा यो सरकार ढल्दैन ।’
सरकार ढल्दैन भन्दैमा स्थानीय सरकारलाई सुस्त हुने अधिकार नरहेको उनले बताए । ‘हाम्रो सरकार छ भन्दैमा ढुक्क बसेर हुदैन । मानि लिऔं, सरकार ढल्यो । त्यो बेला के गर्ने सरकार गयो भनेर खुट्टा तेर्याएर बस्ने । स्थानीय सरकार झन पाँच वर्षका लागि स्थायी सरकार हो’ उनले भने– ‘स्थानीय सरकारमा हुनेले प्रभावकारी काम गरेर नागरिकको मन जित्नुपर्छ ।’

