





























धादिङ- नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको लागि सहयोग जुटिरहेको छ ।


धादिङ फुलखर्कका राजकुमार अधिकारीले झोला र सदरमुकाम धादिङबेसीस्थित त्रिपुरा पुस्तक पसलका प्रोपाइटर नारायणकुमार श्रेष्ठद्वारा प्रतिनिधिले प्रयोग गर्ने डायरी र कलम सहयोग गरेका हुन् ।
माघ १९ र २० गते हुने अधिवेशनका लागि करिव ७ सय प्रतिनिधिका लागि चाहिने झोलाका लागि २ लाख ५० हजार बराबर सहयोग गरेका छन् । त्यस्तै श्रेष्ठले ७ सय डायरी र ७ सय कलम उपलब्ध गराएका हुन् ।
अधिकारी (हाल) जापानमा बसोबास गर्ने गंगाजमुना गाँउपालिका–५ फुलखर्कका सामाजिक अभियन्ता हुन् । नेकपा एमालेले देशमा विकास र समृद्धिका पक्षमा काम गरेकोले अधिवेशन सफलताका लागि सहयोग गरेको अधिकारीले बताए ।
माघ १९ गते शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीे नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न धादिङ आउने कार्यक्रम रहेको छ।

