





























काठमाडौं– आज सुनचाँदीको भाउ बढेको छ ।


शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
