कसैलाइ प्रेम गर्दा खेरी

  • २०८० चैत्र २५, आईतबार (२ साल अघि)
  • ११८८ पटक पढिएको
कसैलाइ प्रेम गर्दा खेरी

काठमाडौं–

Advertisement

शुरुमा ब्यथा कहनुपर्छ कसैलाइ प्रेम गर्दा खेरी
धेरै त अनिदो रहनुपर्छ कसैलाइ प्रेम गर्दा खेरी
तिमी पनि सचेत रहनु सोचे जस्तो सजिलो छैन
रुनुपर्छ पीडा सहनुपर्छ कसैलाइ प्रेम गर्दा खेरी

 

सानै भएपनि सुन्दर शान्त घर छ मसङ्ग
मेरो आफ्नै पहिचान अनि थर छ मसङ्ग
केहि छैन यो सङ्ग भनि नहेप्दा हुन्छ आज
बनाउनेछु एकदिन सपनाको सहर छ मसङ्ग

 

सोध्छौ तिमी बोल्दिनौ कुन तन दुख्याछ
कसरी देखाउ तिमीलाई यो मन दुख्याछ
पिडा दिदै के भयो भनि प्रश्न किन गर्छौ
टाढिन्छौ थाहै नदिइ अनायासै झन दुख्याछ

 

गरेको तिमीप्रतिको विस्वास अनि भर मरेको छ
कतै टाढा होला कि मदेखि भन्ने डर मरेको छ
अरु कसैको अङ्गालोमा बाँधिएको देखेपछि त खै
सङ्गै रहि जिउने चाहना र बुनेका रहर मरेको छ

यि ओठ अघि बढ्छु भन्नलार्इ त डर मान्दैन
भनिहाल्छ पनि ज्यानले कसैको भर मान्दैन
धोकेबाजलाइ बिर्सी भनि सम्झाइरहन्छ्न् अरु
तर उसको तस्बिर हटाउन मेरो नजर मान्दैन

सनिता चेपाङ, बेनिघाट रोराङ- ९ धादिङ

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १३%२%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट