एमाले नेत्रावती डवजोङ-१काे अध्यक्षमा रमेश कडेल

एमाले नेत्रावती डवजोङ-१काे अध्यक्षमा रमेश कडेल

धादिङ- नेपाल कम्युनिष्ट पार्टी एमाले नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ को दोस्रो अधिवेशनले रमेश कडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ, सचिव ललिता नेपाल, उपसचिव पम्फा सिटौला चयन भएका छन् ।
यसैयरि सदस्यहरुमा रत्न बहादुर गुरुङ, रोम बहादुर घले, सन्दिप मगर, ओम बहादुर अधिकारी, पुर्ण बहादुर सेवा, होम बहादुर घले, राम बहादुर घले, चन्द्र बहादुर घले, लक्ष्मी सिंह अधिकारी, सबिता अधिकारी, कुमार गुरुङ र पार्वती सिंखडा रहेका छ्न् ।
जिल्ला कमिटी सचिवालय सदस्य एवम् पालिका इन्चार्ज भरत ढुंगाना र नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा कुमार शाक्यले मिशन चौरासी सफल पार्न संगठनलाई सुदृढ बनाउन नेतृत्वदायी भुमिका खेल्ने बताएका छन् ।

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट