सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम

  • २०८१ जेष्ठ २४, बिहिबार (१ साल अघि)
  • ४०१ पटक पढिएको
सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम

काठमाडौं– आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार जेठ २२ गते तोलामा १ लाख ४२ हजार ७ सय रुपैयाँ रेकर्ड भएको सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात् बुधवार केही घटेर १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भए पनि बिहीबार पुनः १८ सय रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँ थियो ।

सुनमा भएको भन्सार कर वृद्धि र अन्तर्राष्ट्रियमै भएको मूल्यवृद्धिको असर स्थानीय बजारमा देखिएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट