काठमाडौं– रौतहटमा एकै दिनमा २ युवाको शव फेला परेको छ । फेला परेका दुवै शव गौर नगरपालिका–४ का २० वर्षिय रोहित सहनी र गौर नगरपालिकाका कै २० वर्षिय राहुल मेहता छन् ।
प्रहरीले राहुलको शव बागमती नदी किनारमा फेला पारेको थियो भने रोहितको शव लालबकैया नदी किनारमा फेला पारेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप