भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोरको शव फेला

  • २०८१ अषाढ २, आईतबार (१० महिना अघि)
  • २७३ पटक पढिएको
भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोरको शव फेला

काठमाडौं– पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो ।

Advertisement

शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले उनीहरूको शव डुबेको स्थानभन्दा केही तल फेला परेको बताए ।
शव सशस्त्र प्रहरी बल गोताखोरको टोलीले निकालेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट