काठमाडौैं– गोरखा दरबारस्थित दसैं घरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।


आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए ।
बाजागाजासहितको ¥याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौंको हनुमान ढोका दरबारमा पु¥याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैंको सातौं दिन गोरखा दरबारको दसैंघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
