सेयर बजार साढे ६२ अङ्कले बढ्यो, ९ अर्ब ७७ करोडको कारोबार

  • २०८१ कार्तिक २५, आईतबार (९ महिना अघि)
  • ११२ पटक पढिएको
सेयर बजार साढे ६२ अङ्कले बढ्यो, ९ अर्ब ७७ करोडको कारोबार

काठमाडौं– आज सेयर बजार उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव ५४ अङ्कले बढेर दुई हजार सात सय ३८ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

Advertisement

आज गुराँस लघुवित्त, शृजनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी विकास बैंक र समृद्धि फाइनान्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन सानिमा ग्रोथ फन्डको सेयर भने झन्डै सात प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि निकै बढेको छ । अघिल्लो कारोबार दिन गएको बुधवार पाँच अर्ब २२ करोडको सेयर कारोबार भएकोमा आज तीन सय २५ वटा कम्पनीका दुई करोड २४ लाख कित्ता सेयर नौ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट