एनपीएल : आज विराटनगरले पोखरा र काठमाण्डुले जनकपुरसँग खेल्ने

  • २०८१ मंसिर २७, बिहिबार (१ साल अघि)
  • ३७४ पटक पढिएको
एनपीएल : आज विराटनगरले पोखरा र काठमाण्डुले जनकपुरसँग खेल्ने

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पनि दुई खेल हुँदैछन्।

Advertisement

विहान सवा ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स भिड्नेछन् ।

दुवैले आज पाँचौं खेल खेल्नेछन्। चार खेलमा तीन खेल हारेको पोखरा सातौँ र विराटनगर आठौँ स्थानमा छ। लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना कायमै रहेको छ।

दोस्रो काठमाण्डु गुर्खाज् र जनकपुर बोल्ट्सबीच हुनेछ। पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ।

काठमाण्डुका लागि बिहीबारको खेल महत्त्वपूर्ण छ। उसले लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्नेछ। प्लेअफ सम्भावना बलियो बनाउन काठमाण्डुले यो खेल जित्नुपर्नेछ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट