सुमन स्मृति कपः डिएफसी र एमवाइसी फाइनल प्रवेश

सुमन स्मृति कपः डिएफसी र एमवाइसी फाइनल प्रवेश

काठमाडौं- जिल्लाको सदरमुकाम धादिङवेशीमा जारी प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी फाइनल प्रवेश गरेका छन् ।

Advertisement

शुक्रबार सेमिफाइनलमा एमवाइसीले सेभेन हर्सलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

त्यस्तै, आयोजक डिएफसीले शिवदल गणविचको खेलमा निर्धारित समयमा गोलरहित रह्यो । कुनै पनि समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा पहिलो पाँचै जनाले गोल गरेपछि पुनः थप दुई जनाले पेनाल्टी सुटआउट गर्दा ६–५ गोल अन्तरले डिएफसीले फाइनलको यात्रा सुरक्षित गरेको हो । सेमिफाइनल खेल सकिएसँगै सेभेन हर्स र शिवदल गण दुवै समुह तृतिय भएका हुन् ।

फाइनल खेल शनिवार दिउसो साढे २ बजे खेलाइने आयोजक धादिङ फुटवल क्लवका अध्यक्ष गोपी भण्डारीले बताए । प्रतियोगीता विजेताले १ लाख ७५ हजार, उपविजेताले ७५ हजार, तृतिय हुनेले २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र पाउँछन् । अहिलेसम्मकै ठूलो धनराशीको पुरस्कार रहेको आयोजकले दावी गर्दै आएको छ ।

धादिङवेसीका फुटवल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

खोजी गर्नुहोस

ताजा अपडेट